चुनावी गठबन्धनबारे कांग्रेसले मंगलबार निर्णय गर्ने

चुनावी गठबन्धनबारे कांग्रेसले मंगलबार निर्णय गर्ने

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसले चुनावी गठबन्धनबारे भोलि मात्र निर्णय गर्ने भएको छ। काठमाडौंमा जारी केन्द्रीय कमिटीको बैठकले यसबारे भोलि मंगलबार निर्णय गर्ने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । 

'आजको बैठकमा बोल्ने क्रम सकियो । केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्नुभयो । भोलि ३ बजे बस्ने बैठकले यसबारे निर्णय गर्नेछ,' प्रवक्ता महतले भने । 

आजको बैठकमा घर घर जाउँ नेपाली कांग्रेस जिताउँ अभियानको समेत मूल्यांकन गरिएको थियो । अधिकांश केन्द्रीय सदस्यहरूले चुनावी तालमेल गर्नुपर्ने धारणा राखेका छन् । 

Skip This
Skip This
Logo