दुवै पक्षले कार्यक्रम गर्न खाेजेपछि विवेकशील साझाको पार्टी कार्यालयमा तनाव

दुवै पक्षले कार्यक्रम गर्न खाेजेपछि विवेकशील साझाको पार्टी कार्यालयमा तनाव

केन्द्रबिन्दु
0
Shares

विवेकशील साझा पार्टीको कार्यालयमा तनाव उत्पन्न भएको छ। पार्टीभित्रकै संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच विवाद उत्पन्न भएपछि मंगलबार केहीबेर तनावग्रस्त बनेको थियो।

पार्टी कार्यालयमा रहेको हलमा कार्यक्रम गर्ने विषयलाई लिएर दुवै पक्ष वादविवादमा उत्रिएका हुन्। एउटै समयमा संस्थापन पक्ष र असन्तुष्ट पक्षले पार्टीको हलमा कार्यक्रम गर्न खोजेपछि विवाद उत्पन्न भएको साझा विवेकशील पार्टीका नेता प्रकाशचन्द्र परियारले जानकारी दिए। 

'पार्टीको कार्यक्रम थियो। त्यही हलमा असन्तुष्ट पक्षले पनि कार्यक्रम गर्न खोजेपछि विवाद भएको हो। अहिले दुवै पक्षको कार्यक्रम नभएपछि विवाद सकियो,' परियारले भने । 

असन्तुष्ट पक्षले पार्टी कार्यालयमै पत्रकार सम्मेलन गर्न खोजेको थियो। तर, अर्को पक्षले पत्रकार सम्मेलन गर्न नदिएपछि केहीबेर विवाद उत्पन्न भएको हो। विवाद बढ्दै गएपछि सुरक्षाकर्मीले दुवै पक्षलाई मिलाएको थियो। 

असन्तुष्ट पक्षले सोमबार रवीन्द्र मिश्रसहितका नेताहरूलाई तीन दिने स्पष्टीकरण सोधेको थियो। त्यसको विषयमा जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरिएको थियो। तर, मिश्र पक्षले पत्रकार सम्मेलन नै गर्न नदिएपछि अनसन्तुष्ट पक्षले पार्टी कार्यालयमै नाराबाजी गरेको हो। 

Logo