चितवनलाई शिक्षा र स्वास्थ्यको हब बनाउनु पर्छ : अध्यक्ष दाहाल

चितवनलाई शिक्षा र स्वास्थ्यको हब बनाउनु पर्छ : अध्यक्ष दाहाल


माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्युतकाे क्षेत्रमा राम्रो प्रगति भएको बताएका छन्।

राप्ती नगरपालिकास्थित नेपाल विद्युत् प्रधिकरणको पूर्वी चितवन सबस्टेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देश लोडसेडिङमुक्त भइसकेकाले अब विद्युतबाट यातायात, कृषि, सिँचाइ, शिक्षासहितका क्षेत्रमा आमूल परिवर्तनको अवस्थामा आइपुगेको बताएका हुन्। 

देश र जनतालाई समृद्धतर्फ लैजान विद्युतबाट गर्नुपर्ने बताएका उनले चितवनलाई शिक्षा र स्वास्थ्यको हब बनाउनु पर्ने बताए।

कृषिमा उत्पादन वृद्धि गर्ने, शिक्षा र स्वास्थ्यको हब बनाउनु पर्ने भन्दै उनले यसका लागि शक्तिखोर औद्योगिक क्षेत्र स्थापना गरेर रोजगारी सृजना गर्ने बताए।

Logo