लोसपाका शीर्ष नेताहरु बालुवाटार छलफलमा

लोसपाका शीर्ष नेताहरु बालुवाटार छलफलमा

केन्द्रबिन्दु
0
Shares

लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका शीर्ष नेताहरु बालुवाटार पुगेका छन् । अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरु बुधबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्ताका लागि बालुवाटार पुगेका हुन् ।  

 पछिल्लो समय सरकारमा सहभागीता बारे लोसपाले  प्रधानमन्त्री देउवासँग वार्ता गरिरहेको छ ।  तेस्रो चरणको छलफलका लागि भन्दै लोसपाका अध्यक्ष ठाकुरसहितका नेताहरु बालुवाटार गएका हुन् । बुधबारको दिउँसो बसेको कार्यकारिणी समितिको बैठकमा सरकारमा सहभागी हुने बारे छलफल भएको थियो । 

आजको बैठकमा ९ जना कार्यकारिणी समिति सदस्यले बोल्दै सरकारमा सहभागी हुने र कांग्रेससँग तालमेल गर्ने विषयमा आफ्नो धारणा राखेका थिए । 

Skip This
Skip This
Logo