संविधानको रक्षा गर्नु राजनीतिक पार्टीहरुको जिम्मेवारी हो : झलनाथ खनाल

संविधानको रक्षा गर्नु राजनीतिक पार्टीहरुको जिम्मेवारी हो : झलनाथ खनाल

केन्द्रबिन्दु
0
Shares

नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले देशको संविधानको रक्षा गर्नु राजनीतिक पार्टीहरुको जिम्मेवारी भएको बताएका छन्।

बिहीवार काटमाडौंमा रिर्पोटर्स क्लवको २४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले देशको संविधानको रक्षा गर्नु सम्पूर्ण नेपाली र राजनीतिक दलहरुको दायित्व भएको बताएका हुन्। उनले लोकतान्त्रिक क्रान्ति सम्पन्न गरेर नयाँ संविधान निर्माण भएको उल्लेख गर्दै यो संविधान तुलनात्मक रुपमा राम्रो भएको बताए। 

उनले आगामी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र गुणस्तरीय ढंगले सम्पन्न गर्नुपर्नेमा जोड दिए।

Skip This
Skip This
Logo