पाँचथर उद्योग वाणिज्य संघकाे अध्यक्षमा नवराज घिमिरे विजयी

पाँचथर उद्योग वाणिज्य संघकाे अध्यक्षमा नवराज घिमिरे विजयी


पाँचथर उद्योग वाणिज्य संघको १२ औँ अधिवेशनबाट अध्यक्षमा  नवराज घिमिरे विजयी भएका छन् ।अध्यक्ष पदमा सत्तारुढ गठबन्धनका नरेन्द्र अधिकारी पराजित गर्दै घिमिरे विजयी भएका हुन् । 

पाँचथर उद्योग वाणिज्य संघको आइतबारको निर्वाचनमा घिमिरेले मत ६५२ प्राप्त गरे  भने अधिकारीले मत ५७३ प्राप्त गरेका थिए । अधिकारी र घिमिरेको मतान्तर भने ७९ रहेको छ । 

अधिकारी सत्ता गठबन्धनबाट काग्रेसका उम्मेदवार हुन् । घिमिरे नेकपा एमालेका हुन् ।  घिमिरेलाई एमाले सहित राप्रपा निकट व्यवसायीहरुको साथ थियो भने अधिकारीलाई काँग्रेस सहित माओवादी केन्द्र, एकिकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी निकट व्यवसायीहरुको साथ थियो । 

पदाधिकारीमा सत्ता गठबन्धनका बहुमत उम्मेदवारहरु विजयी भएको निर्वाचन आयोगले जनाएको छ । स्थापनादेखि पहिलो पल्ट पाँचथर उद्योग वाणिज्य संघमा एमालेले नेतृत्व लिएको यो पहिलो पल्ट हो । यसअगि कांग्रेसले नेतृत्व गरिरहेको थियो । 

Logo