गठबन्धनको निष्कर्ष, ‘प्रधानमन्त्रीको भारत भ्रमण सफल, अर्थतन्त्रको अवस्थाबारे अन्तर्क्रिया गर्ने’

गठबन्धनको निष्कर्ष, ‘प्रधानमन्त्रीको भारत भ्रमण सफल, अर्थतन्त्रको अवस्थाबारे अन्तर्क्रिया गर्ने’

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ पाँच दलीय गठबन्धनले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सफल भएको निष्कर्ष निकालेको छ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकले प्रधानमन्त्री देउवाको भारत भ्रमण सफल भएको निष्कर्ष निकालेको हो। बैठकमा आफ्नो भारत भ्रमणको विषयमा प्रधानमन्त्री देउवाले ब्रिफिङ पनि गरेका छन्।  

बैठकले कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ। 

साथै देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिँदै सरकारको तर्फबाट राजनीतिक दल, अर्थविद्, योजनाविद् र सरोकारवाला पक्षसँग एक वृहत् अन्तर्क्रियाको आयोजना गर्ने र सुझावको आधारमा ठोस कदम चाल्ने बैठकले निर्णय गरेको छ।

फाइल फाेटाे

Logo