एमालेबाट माओवादीमै फर्किएका हरि डल्लाकोटीले भने, ‘म दुई दिनमै घर फर्केको छु’

एमालेबाट माओवादीमै फर्किएका हरि डल्लाकोटीले भने, ‘म दुई दिनमै घर फर्केको छु’

केन्द्रबिन्दु
0
Shares

एमालेमा प्रवेश गरेकै भोलिपल्ल्ट माओवादीमै फर्किएका धादिङ रोराङ बेनिघाट गाउँपालिकाका अध्यक्ष हरि डल्लाकोटीले परिबन्दले आफू एमालेमा प्रवेश गर्न पुगेको बताएका छन् । 

माओवादी त्यागेर एमाले प्रवेश गरेको भोलिपल्टै फेरि उनी माओवादीमै फर्किएका हुन् । माओवादीमा फर्किएको घोषणा गरेपछि बुधबार बिहान अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न उनी खुमलटारमा पुगे । 

खुमलटार पुगेर डल्लाकोटीले अध्यक्ष दाहालसंग आफू परिबन्दमा परेर बालकोट पुगेको भए पनि पुनः माओवादीमै फर्किएको जानकारी दिएका छन् । 

एमालेमा प्रवेश गर्नु आफ्नो गल्ती भएको भन्दै उनले एमालेमा गएपछि आफ्ना कार्यकर्ता र जनताले दुई दिनसम्म सुत्नसमेत नदिएको ताएका छन् ।

अध्यक्ष दाहालसंग डल्लाकोटीले गरेको कुराकानी उद्धृत गर्दै दाहालका स्वकीय सचिव रमेश मल्लले भने, ‘अध्यक्षज्यु, केही मान्छेको परिबन्दमा परि बालकोट पुगेँ । यसमा मेरो गल्ती भो । तर मलाई मैले बनाको पार्टी, कार्यकर्ता र मलाई निर्वाचित गर्ने जनताले दुई दिनसम्म छोडेनन्, सुत्न नि दिएनन् । मैले आज मेरा कार्यकर्ता र जनताप्रति  गर्व गर्छु । र, म दुई दिनमै घर फर्केको छु ।’  

डल्लाकोटीको भनाइपछि अध्यक्ष दाहालले जवाफ दिए, ‘गल्ती गरेँ भनिसक्नु भो । अब काममा फर्कनुस् ।’ 
 

Skip This
Skip This
Logo