बार अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित

बार अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित

केन्द्रबिन्दु
0
Shares

नेपाल बार एसोसिएसनको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन्। घिमिरे १३ सय मत गणना गर्न बाँकी छँदै अध्यक्षमा निर्वाचित भएका हुन्।  बिहीबार रातिसम्मको मत परिणाम अनुसार बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहको तर्फबाट अध्यक्षका उम्मेदवार घिमिरेलेले ३७ सय २८ मत प्राप्त गर्दा गप्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्षका उम्मेदवार विष्णुमणि अधिकारीले १९ सय ७७ मत प्राप्त गरेका छन्। 

प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका अनुसार बिहीबार रातिसम्म ६ हजार मत गणना भएको छ। अब १३ सय मतगणना गर्न बाँकी छ। घिमिरे पाठकभन्दा १७ सय ५१ मतले अगाडि छन्। अब गणना गर्न बाँकी सबै मत अधिकारीले पाए पनि घिमिरेको भन्दा कमै हुन्छ। आज  अपरान्ह ३ बजेसम्म सबै मतगणना सक्ने तयारी भइरहेको पाठकले बताइन्। मतगणना विहान ९ बजेबाट सुरु भएको छ।  त्यस्तै, पदाधिकारीमा पनि घिमिरे समूहकै अग्रता रहेको छ। 

Logo