स्थानीय तह निर्वाचन : घोषणापत्र सार्वजनिक गर्ने पहिलो दल बन्यो राप्रपा नेपाल

स्थानीय तह निर्वाचन : घोषणापत्र सार्वजनिक गर्ने पहिलो दल बन्यो राप्रपा नेपाल

केन्द्रबिन्दु
0
Shares

चुनावी घोषणापत्र सार्वजनिक गर्ने पहिलो दल राप्रपा नेपाल बनेको छ । 
कमल थापा नेतृत्वको राप्रपा नेपालले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । 

 घोषणापत्रमा प्रमुख राजनीतिक दलहरुमा कायम रहेको सैद्धान्तिक विचलन, आन्तरिक विवाद एवं ह्रासोन्मुख नेतृत्व क्षमताको पृष्ठभूमिमा देशलाई अहिले एउटा बलियो नयॉ वैकल्पिक राष्ट्रवादी लोकतान्त्रिक शक्तिको आवश्यक रहेको र त्यसमा राप्रपा सफल हुने उल्लेख गरिएको छ । 

सो पार्टीले  राप्रपा नेपालका उम्मदेवारहरुलाई मत दिएर छान्नु पर्ने कारणहरूका रुपमा ५ कारण उल्लेख गरेको छ । राप्रपा नेपालले जनताको सर्वोच्चतालाई ग्रहण गरेकोले सुन्ने, हेर्ने र बोल्ने राजसंस्थाको पक्षमा नहुने उल्लेख गरिएको छ । 

यो सँगै पार्टीले राष्ट्रिय निर्माता पृथ्वीनारायण शाहलाई आदर्श पुरुष मान्नुका आफ्नो पार्टीको मार्गनिर्देशक सिद्धान्त मान्ने भएको छ ।

Logo