भ्रष्टाचारमुक्त न्यायपालिका बनाउन अभियान चलाउने नवनिर्वाचित बार अध्यक्ष घिमिरेको प्रतिबद्धता

भ्रष्टाचारमुक्त न्यायपालिका बनाउन अभियान चलाउने नवनिर्वाचित बार अध्यक्ष घिमिरेको प्रतिबद्धता

केन्द्रबिन्दु
0
Shares

नेपाल बार एशोसिएशनका नवनिर्वाचित अध्यक्ष गोपालकृष्ण घिमिरेले अबको बारको नेतृत्वले विकृति, विसंगतिविरुद्ध लड्ने र भ्रष्टाचारमुक्त न्यायपालिका बनाउन अभियान चलाउने बताएका छन् ।

बारको अध्यक्षमा निर्वाचित भएपछि उनले उक्त कुरा बताएका हुन् । नेपाली काँग्रेस निकट घिमिरेसँगै बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहको प्यानल नै विजयी भएको छ । गठबन्धनको प्यानलले एमाले निकट प्रतिद्वन्द्वी विष्णुमणि अधिकारीसहितको प्यानललाई पराजित गरेको हो । घिमिरे ४ हजार ४ सय ३३ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । अधिकारीले २४ सय ८२ मत प्राप्त गरे । स्वागत समारोहमा बोल्दै नवनिर्वाचित अध्यक्ष घिमिरेले कानून व्यवसायलाई मर्यादित र व्यवस्थित पेशा बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । 
अध्यक्ष घिमिरेले भने, ‘हामीले आफ्नो घोषणापत्र मार्फत जुन प्रतिवद्धता व्यक्त गरेका छौं, विकृति, विसंगतिविहीन, भ्रष्टाचारमुक्त न्यायपालिका हाम्रो प्रमुख उद्देश्य हो । साथै एउटा मर्यादित पेशा, व्यवस्थित पेशा बनाउने पनि हाम्रो अर्को प्रमुख उद्देश्य हो । कानून व्यवसायीहरुलाई कानून व्यवसायमा भविष्य छ भन्ने कुरा नवोदित कार्यसमितिले आश देखाउने हाम्रो अर्को उद्देश्य छ । त्यसैले हामी यसमा लागि पर्नेछौँ । तीन वर्षको पूरा कार्यकाल हामी एउटा सक्षम न्यायालय र एउटा सक्षम कानूनकर्मीको उत्पादनका लागि लागिपर्नेछौँ ।’
नवनिर्वाचित अध्यक्ष घिमिरेले कानून व्यवसायमा भविष्य छ भन्ने कुरा नवोदित कार्यसमितिले भरोसा दिलाउने बताए । उनले तीन वर्षे कार्यकालमा सक्षम न्यायालय र सक्षम कानूनकर्मीको उत्पादनमा जोड दिने प्रतिवद्धता व्यक्त गरे । 

Logo