अव्यवस्थित बसोवासीहरुलाई जग्गा उपलब्ध गराउने कामलाई प्राथमिकतामा राख्नु : डा.आरजु राणा

अव्यवस्थित बसोवासीहरुलाई जग्गा उपलब्ध गराउने कामलाई प्राथमिकतामा राख्नु : डा.आरजु राणा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसकी नेत्री डा.आरजु राणा देउवाले नेपालको संविधानको मौलिक हकको कार्यान्वयन गर्न सरकारले भूमिहीनलाई जग्गा उपलब्ध गराइरहेको बताएकी छन् ।  

धनगढी उपमहानगरपालिका—९ मा रहेका भूमिहीनलाई आज जग्गाधनी पूर्जा वितरणको सुरुआत गर्दै उनले भनिन् ‘‘भूमिहीन नागरिकलाई जग्गा तथा आवासको सुविधा नागरिकको मौलिक हक हो, नेपाल सरकारले यसका लागि सक्दो प्रयास गरिरहेको छ ।’   

भूमिसम्बन्धी समस्या समाधान आयोगको कार्यालयले धनगढी उपमहानगरपालिका क्षेत्रका भूमिहीनलाई आज जग्गा धनी पूर्जा वितरणको कार्य सुरु गरेको हो । कांग्रेस केन्द्रीय सदस्य डा राणाले नेपाल सरकार भूमिहीन नागरिकका समस्यासँग जानकार रहेको र उनीहरुलाई जग्गा उपलब्ध गराइरहेको भन्दै बाँकी भूमिहीनहरुलाई पनि चरणबद्ध रुपमा जग्गाधनी पूर्जा वितरण गर्ने जानकारी दिए । 

नेत्री डा राणाले यस क्षेत्रमा वर्षौंदेखि भूमिहीन अवस्थामा रहेका दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीहरुलाई जग्गा उपलब्ध गराउने कामलाई प्राथमिकतामा राख्न धनगढी उपमहानगरपालिकालाई आग्रह पनि गरिन् ।  उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्टले यस क्षेत्रका भूमिहीनका समस्यालाई आफूहरुले प्राथमिकतामा राखेको बताउनुभयो । राष्ट्रिय भूमि आयोगका कैलाली जिल्ला अध्यक्ष यज्ञराज उपाध्यायले आयोगका गतिविधिहरुबोर प्रकाश पारिन् ।  

Logo