गभर्नर निलम्बनबारे एमालेले आधिकारिक धारणा सार्वजनिक गर्दै

गभर्नर निलम्बनबारे एमालेले आधिकारिक धारणा सार्वजनिक गर्दै

केन्द्रबिन्दु
0
Shares

सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको विषयमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले आइतबार आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । दिउँसो साढे १२ पत्रकार सम्मेलन गरी पार्टीको धारणा सार्वजनिक गर्न लागेको हो । 

पूर्वअर्थमन्त्रीहरूको समेत उपस्थितिमा मुलुकको आर्थिक अवस्थाका बारेमा पार्टीको धारणा सार्वजनिक गर्न कुपण्डोलस्थित होटल हिमालयमा पत्रकार सम्मेलन राखिएको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । 

देशको अर्थतन्त्र जोगाउन प्रयासरत गभर्नर अधिकारीलाई हटाइएको भन्दै एमालेले सरकारको निर्णयको आलोचना गर्दै आएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले गभर्नरमाथि छानबिन गर्न सर्वोच्चका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा जाँचबुझ समिति गठन गरेसँगै अधिकारी स्वतः निलम्बनमा परेका छन् ।

Logo