आपसी मतभेदलाई पन्छाउँदै चुनावमा एक हुन गठबन्धनको अपिल

आपसी मतभेदलाई पन्छाउँदै चुनावमा एक हुन गठबन्धनको अपिल

केन्द्रबिन्दु
0
Shares

पाँच दलीय सत्ता गठबन्धनले स्थानीय निर्वाचनमा एक भएर जाने निर्णय गरेको छ। सोमबार बालुवाटारमा बसेको गठबन्धनको बैठकले आपसी मतभेद भुलेर अगाडि बढ्ने निर्णय गर्दै गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन अपील गरेको हाे। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकपछि विज्ञप्ति जारी गर्दै देशैभर ठाउँ र अवस्था अनुसार चुनावी तालमेल मिलाएर चुनावमा अगाडि बढ्न अनुरोध गरेका छन्। ‘देशैभर ठाउँ र अवस्था अनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न पाँच दलका सम्पूर्ण साथीहरूलाई आह्वान गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ,  ‘आदरणीय जनसमुदाय व्यापक सहभागितासहित आगामी स्थानीय तहको निर्वाचन सफल पार्नका लागि पाँच दलीय गठबन्धनका उम्मेदवारहरूलाई अमूल्य मत दिई विजयी बनाउन हुन हार्दिक अनुरोध गर्दछौँ।’

विज्ञप्तिमा प्रतिगमनलाई पररास्त गर्दै राष्ट्रको अग्रगामी विकास र समृद्धि हासिल गर्न पाँच दल प्रतिबद्ध रहेको उल्लेख गरिएको छ। विगतका आपसी मतभेदलाई पन्छाउँदै चुनावमा एकअर्कालाई निरन्तर सहयोग गर्न गठबन्धनले सहयोग गरेको छ। शेरबहादुर देउवा, पुष्पकमल दाहाल 'प्रचण्ड', झलनाथ खनाल, अशोककुमार राई र दुर्गा पौडेलले विज्ञप्तिमा हस्ताक्षर गरेका छन्।

विज्ञप्तिमा भनिएको छ,– ‘अनेकौं शहीदहरुको वलिदान र अनगिन्ती सपूतहरुको त्याग, तपस्या, समर्पण र नेपाली जनताको वर्षों देखिको अथक संघर्षले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख समावेशी लोकतन्त्र सहितको नयाँ परिवर्तन आएको छ । नयाँ संविधान जारी भएसँगै मुलुक नयाँ युगमा प्रवेश गरेको छ। समावेशिता, गणतन्त्र र स्थायित्वको दिशामा मुलुक अगाडि बढेको छ।’ 

परिवर्तनलाई आत्मसात गर्न नसक्ने र नचाहने कतिपय शक्तिहरू परिवर्तनका विरुद्ध षड्यन्त्र गरिरहेको भन्दै त्यसकाविरुद्ध लड्न अघि बढिरहेको उल्लेख गरेका छन्। 

देशै भर ठाउँ र अवस्था अनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न उनीहरूले सबैलाई आग्रह गरेका छन् । 

व्यापक सहभागितासहित अगामी स्थानीय तहको निर्वाचन सफल पार्नका लागि पाँचदलीय गठबन्धनका उम्मेदवारहरुलाई अमूल्य मत दिई विजयी बनाउन हुन समेत सबैमा अनुरोध गरेका छन् । 

विज्ञप्तिमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक कुमार राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।  

Logo