नेकपा एसको चुनावी एजेण्डा : हरेक पालिकामा युवा विभाग, २०० युनिट विजुली निःशुल्क

नेकपा एसको चुनावी एजेण्डा : हरेक पालिकामा युवा विभाग, २०० युनिट विजुली निःशुल्क

केन्द्रबिन्दु
0
Shares

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले ‘नि:शुल्क खानेपानी, सुखी जिन्दगानी’लाई चुनावी एजेण्डा बनाएको छ । यसअन्तर्गत पानीको सुविधा पुगेका पालिकाका हरेक घर-परिवारलाई मासिक दश हजार लिटर पानी नि:शुल्क उपलब्ध गराउने भनिएको छ । खानेपानी नपुगेका स्थानमा खानेपानीको सुविधा पुर्‍याइने पनि स्थानीय तह निर्वाचन घोषणापत्र – २०७८ को मस्यौदामा उल्लेख छ ।

हरेक घर परिवारमा खानेपानी पुर्‍याउने काम स्थानीय सरकारको उच्च प्राथमिकता हुने र सोहीअनुसार बजेटको प्राथमिकता प्रतिबद्धता घोषणापत्रमा छ । हरेक पालिकामा युवा विभाग, हरेक वडामा खेल मैदान, संरक्षित कृषि बजार, प्रत्येक घर-परिवारलाई २०० युनिट नि:शुल्क विजुली, सामुदायिक विद्यालयको सुधार, नि:शुल्क आधारभूत स्वास्थ्य उपचारलगायतका एजेण्डा पनि घोषणात्रमा समेटिएका छन् । 

Logo