मान्छेहरुका अनेकौँ सपनाका कारण बस्तीहरु रित्तिँदै गएका छन्ः सञ्चारमन्त्री कार्की

मान्छेहरुका अनेकौँ सपनाका कारण बस्तीहरु रित्तिँदै गएका छन्ः सञ्चारमन्त्री कार्की

केन्द्रबिन्दु
0
Shares

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समग्र अर्थतन्त्रको विकासका लागि ग्रामिण र शहरी क्षेत्रको बीचको विकासलाई दिगो बनाउनु पर्नेमा जोड दिएका छन् ।

मंगलबार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा बोल्दै मन्त्री कार्कीले यस्ते बताएका हुन् । उनले सबै नागरिकको जीवनस्तर उकास्न मानवीय एवं प्राविधिक सञ्जालको जडान गर्न आवश्यक रहेको पनि बताए । मन्त्री कार्कीले आजको युग सूचना र सञ्चारको युग भएको भन्दै यसले संसारलाई मानव जीवनमा कहिल्यै नभएको गतिमा परिवर्तन गरेको र बाँच्ने तरिकालाई असर गरिरहेको बताए । 

मन्त्री कार्कीले समाज विस्तारै अनेकौँ सपनाका कारण बस्तीहरु रित्तिँदै गएको र शहरमा बस्ने आकांक्षाले शहरलाई अव्यवस्थित बनाउँदै गएको बताए । उनले शहरीकरणका कारण अहिले भएको विकास पनि एकांकी हुनसक्ने अवस्था सिर्जना भएको बताए । मन्त्री कार्कीले गाउँका जनतालाई गाउँमै बसौँ÷बसौँ लाग्ने नीति तर्जुमा गर्नु अहिलेको आवश्यकता भएको पनि बताए ।

मन्त्री कार्कीले अव्यवस्थित शहरीकरणका समस्यालाई समाधान गरेर समाजलाई गरिबीबाट माथि लाने, गाउँलाई सफा, सुन्दर र स्वच्छ बनाउने र शहरलाई पर्यटकको आकर्षण केन्द्र बनाउने कुरामा जोड दिनुपर्ने बताए।  

Logo