पुराना बस्तीहरु जोखिममा रहेकाले सुरक्षामा चुनौती : गृहमन्त्री खाण

पुराना बस्तीहरु जोखिममा रहेकाले सुरक्षामा चुनौती : गृहमन्त्री खाण

केन्द्रबिन्दु
0
Shares

गृहमन्त्री बालकृष्ण खाणले नेपाललाई विस्तारै आधुनिकीकरण गर्दै लैजानुपर्ने अहिलेको आवश्यकता र चुनौती भएको बताएका छन्।

मंगलबार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा बोल्दै गृहमन्त्री खाणले यस्तो बताएका हुन् । उनले नेपालमा अहिले रहेका पुराना बस्तीहरु जोखिममा रहेको र त्यसले सुरक्षामा थुप्रै जटिलताहरु सिर्जना गरेको बताए । 

गृहमन्त्री खाणले पछिल्लो समय शहरीकरणको मात्रा तीव्रगतिमा बढीहरको भन्दै शहरीकरणका लागि योजनावद्ध योजना तर्जुमा गरेर अघि बढ्नु पर्नेमा जोड दिए । उनले शहरको रुप नलिसकेका बस्तीहरुलाई व्यवस्थित बनाउनु पर्ने बताए । गृहमन्त्री खाणले आधुनिक बस्ती, आधुनिक शहरीकरणको परिकल्पना गर्दा दुर्गम बस्तीहरुलाई पनि समेट्न जरुरी रहेको बताए ।

गृहमन्त्री खाणले नेपालमा कतिपय जिल्लाका केही स्थानहरुमा अझै पनि सवारीसाधनको पहुँच नपुगेको उल्लेख गर्दै ती ठाउँलाई अति दुर्गम स्थानको रुपमा घोषणा गरि राज्यले प्राथमिकताका साथ राखेर विकास गर्न आवश्यक रहेको बताए।

Skip This
Skip This
Logo