राजा फर्किने बाटो राजाले नै बन्द गरे : कमल थापा

राजा फर्किने बाटो राजाले नै बन्द गरे : कमल थापा

केन्द्रबिन्दु
0
Shares

राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब राजा फर्किने सम्भावना नरहेको बताएका छन्। राजा फर्किने बाटो राजाले नै बन्द गरिदिएको उनको भनाइ छ।

राजेन्द्र लिङ्देनको नेतृत्वमा राजसंस्थाको एजेण्डासहित अघि बढिरहेको पूर्वपार्टी राप्रपाप्रति टिप्पणी गर्दै थापाले असम्भव एजेण्डा बोकेर नयाँ पिँढीलाई भ्रममा नपार्न आग्रह गरेका छन्। आफूलाई राजाको माया त लाग्ने भए पनि नफर्किने निष्कर्षका साथ आफूले राजा छोडेर हिन्दु राष्ट्रको अभियानमा लागेको भन्दै थापाले लिङ्देनको राप्रपा पनि विस्तारै आफ्नै लाइनमा आउने दाबी गरेका छन्।

‘पार्टीहरु असफल भएर राजा आउने होइन। एउटा पार्टी असफल भए अर्को आउँछ। राजा फर्कने अरु नै कारण थिए। राजाले नै त्यो बाटो बन्द गरिदिए,’ उनले भनेका छन्, ‘अब असम्भव एजेण्डा बोकेर नयाँ पिँढीलाई भ्रममा पार्नु हुँदैन। असम्भव एजेण्डा बोकेर हिन्दु राष्ट्रलाई बन्धक बनाउनु हुँदैन। २/३ प्रतिशत भोटको जगमा राप्रपा ठूलो हुँदैन।’

थापाले लिङ्देन नेतृत्वको राप्रपा आफूले समातेको बाटोमै आउनु पर्ने जिकिर गरेका छन्। ‘अहिले गाली गलौज/आरोपहरु खेपेर भए पनि तपाईंहरुको लागि म बलियो घर बनाएर राखिदिनेछु। पहिले पनि मैले बनाएकै घरमा तपाईंहरु आएको हो। त्यहाँ अझै केही समय रमाई राख्नोस्,’ उनले भनेका छन्। थापाले राजसंस्थाप्रति आफ्नो सम्मान सदैव रहिरहने पनि स्पष्ट पारेका छन्।

Logo