एकीकृत समाजवादीले पाेखराकाे मेयर नछोडेपछि कास्कीमा कांग्रेसले तोड्यो गठबन्धन

एकीकृत समाजवादीले पाेखराकाे मेयर नछोडेपछि कास्कीमा कांग्रेसले तोड्यो गठबन्धन

केन्द्रबिन्दु
0
Shares

एकीकृत समाजवादीले पोखराको मेयर पदमा दाबी नछोडेपछि कास्की कांग्रेसले एससँगको गठबन्धन तोड्ने निर्णय गरेको छ। कांग्रेसका दुई जिल्ला सचिवले विज्ञप्ति निकालेर एकीकृत समाजवादीसँग मित्रवत् प्रतिस्पर्धा गर्ने र उसलाई गठबन्धनमा सामेल नगराउने जानकारी दिएका हुन्।

उनीहरूले केन्द्रीय गठबन्धनबाटै गठबन्धन गर्न नसके मित्रवत् प्रतिस्पर्धा गर्न निर्देशन पठाएको भन्दै कास्कीमा एससँग गठबन्धन नगर्ने बताएका हुन्।

‘गठवन्धनमा रहेका दलहरूसँग पटक पटकको लामो छलफल र बहसका साथै सँगै तालमेल गरेर जाने सन्दर्भमा भरपुर प्रयत्न गरियो । जिल्ला संयन्त्रवाट निर्वाचनका लागि तालमेल गर्ने सम्बन्धमा नेकपा एकीकृत समाजवादीसँग कास्की जिल्लामा व्यापक छलफल हुँदा पनि एसको अस्वभाविक दाबीका कारणले निष्कर्ष निस्कन सकेन,’ विज्ञप्तिमा भनिएको छ, ‘पार्टी मातहातका निकायहरूको राय सुझावलाई समेत मध्यनजर गरि अन्य गठबन्धनका दलहरुसँग तालमेलका लागि वार्ता र सम्वाद अगाडि बढाउने र एकीकृत समाजवादीसँग स्थानीय निर्वाचनमा मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धासहित जाने निर्णय गरियो।’

सचिव भानुभक्त ढकाल र देवेन्द्र रानाभाटले संयुक्त विज्ञप्ति जारी गरेर पोखरा महानगरपालिकाको प्रमुख (मेयर) का सम्बन्धमा सञ्चार माध्यममा आएको हल्लाका पछाडि नलाग्न पार्टीपंक्तिलाई आह्वान गरेका छन्। कांग्रेसले पोखराको मेयर आफैंले पाउनुपर्ने अडान राख्दै आएको छ। यसकै लागि जिल्ला नेतृत्वले केन्द्रीय नेताहरूसँग समेत भेटघाट गरेर फर्किएका छन्।

Logo