गठबन्धनको बैठकपछि कांग्रेस नेता कार्कीले भने– ‘भोलि कुरा मिल्छ’

गठबन्धनको बैठकपछि कांग्रेस नेता कार्कीले भने– ‘भोलि कुरा मिल्छ’

केन्द्रबिन्दु
0
Shares

सोमबार दिनभरको रस्साकस्सीकाबीच सत्ता गठबन्धन आगामी चुनावका लागि गठबन्धन टुंग्याउन असफल भएको छ। तर, छलफल सकारात्मक भएको नेताहरूले प्रतिक्रिया दिएका छन् । कांगेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न स्थानीय निर्वाचनमा सत्तारुढ दलहरुबीच महानगर र उपमहानगरको नेतृत्व बाँडफाँटमा सहमति जुट्ने दाबी गरेका छन् । 

गठबन्धन बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता कार्कीले गठबन्धन सहमति नजिक पुगेको दाबी गरेका हुन् ।  उनका अनुसार ६ वटा महानगर र ११ वटा उपमहानगरको मेयर र उपमेयरबारे सहमति नजिक पुगेको छ । मंगलबार बिहान साढे ११ बजे गठबन्धनको बैठक बस्ने र त्यहाँबाट टुंगो लाग्ने उनको भनाइ छ । 

आइतबार र सोमबार सत्ता गठबन्धनका दलहरू आ–आफ्नो अडानमा कायम रहँदा सहमतिले मूर्तता पाउन सकेन ।

Logo