निलम्बित गभर्नर अधिकारीको रिटमाथि आज प्रारम्भिक सुनुवाइ

निलम्बित गभर्नर अधिकारीको रिटमाथि आज प्रारम्भिक सुनुवाइ

केन्द्रबिन्दु
0
Shares

निलम्बित गभर्नर महाप्रसाद अधिकारीले दर्ता गरेको रिट निवेदनमाथि आजदेखि सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ । गभर्नर अधिकारीले सरकारले आफुलाई गैरकानुनी रुपमा निलम्वन गरेको भन्दै आइतबार सर्वोच्चमा दिएको निवेदन सोमबार दर्ता भएको थियो ।  दर्ता भएको रिटमा पहिलो सुनुवाइका लागि आज पेशी तोकिएको छ ।  

२४ चैत २०७८ मा बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई निलम्बन गर्दै जाँचबुझका लागि समिति गठन गर्ने निर्णय गरेको थियो । सरकारले जाँचबुझ समिति गठन गरी आफुलाई निलम्बन गरेपछि अधिकारीले गैरकानुनी, बदनियतपूर्ण र पूर्वाग्रह रुपमा जाँचबुझ समिति गठन गरेर निलमबन गरिएको दाबी गर्दै रिट दायर गरेका हुन् । जाँचबुझ समिति गठन गर्ने निर्णय कार्यान्वयन नगर्न माग गर्नुका साथै आफूमाथि निलम्ब समेत फुकुवाको आदेश जारी गर्न माग गरेका छन् ।  

  

Logo