सत्ता गठबन्धनको बैठक आजै राति १० बजे फेरि बस्ने

सत्ता गठबन्धनको बैठक आजै राति १० बजे फेरि बस्ने

केन्द्रबिन्दु
0
Shares

सत्ता गठबन्धनको बैठक आज पुन: बस्ने भएको छ। आसन्न स्थानीय तहको निर्वाचनका लागि महानगर र उपमहानगरको सिट बाँडफाँटमा केही दिन यताको प्रयासले सार्थकता पाउन नसक्दा बैठक पुन: बस्न लागेको हो । 

आज दिउँसो ३ बजेबाट सुरु भएको गठबन्धनको बैठक साँझ ७ बजेपछि सकिएको थियो । बैठकमा महानगर र उपमहानगरबारे समग्रमा छलफल भइरहेको बैठकपछि सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

दिउँसोबाट बसेको बैठक केही बेर रोकिएर पुन: बस्न लागेको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार गठबन्धनको अर्को बैठक आजै राति १० बजे पुन: बस्नेछ। तर सरकारका प्रवक्ताले भने बैठक जारी रहेको प्रतिक्रिया दिएर बाहिरिएका थिए ।

महानगरको विषयमा मोटामोटी सहमति भए पनि उपमहानगरका विषयमा अब छलफल हुने स्रोतको भनाइ छ । सोमबार दिनभर बस्दा सहमति हुन नसकेपछि आज दिउँसो तीन बजेदेखि गठबन्धनको बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको थियो। 

सिट बाँडफाँटका विषयमा निष्कर्षको नजिक पुगेको कार्कीले जानकारी दिए। 

'बैठकमा हरेक कोणबाट विचारहरु आएका छन् सबै सकारात्मकरुपले अघि बढेका छन्' उनले भने, 'बैठक जारी छ। छलफल सकारात्मकरुपले अघि बढिरहेको छ। हामी निष्कर्षको चरणमा प्रवेश गरेका छौं, अहिले बैठक जारी छ ।'

आफूहरु ६ वटा महानगरपालिका र ११ उपमहानगरको विषयमा समग्रमा छलफल गरिरहेको उनले बताए। 'हामीले समग्रमा ६ वटा महानगरपालिका र ११ उपमहानगरको विषयमा  छलफल गरेका छौं  र अन्तिम निर्णयमा सकारात्मकरुपमा पुग्न लागेका छौं।'

Logo