आदरणीय व्यक्तिहरूलाई कद नघटाउन अनुरोध छः प्रमुख निर्वाचन आयुक्त

आदरणीय व्यक्तिहरूलाई कद नघटाउन अनुरोध छः प्रमुख निर्वाचन आयुक्त

केन्द्रबिन्दु
0
Shares

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहकाे निर्वाचन निर्धारित मितिमै हुने बताएका छन्।

स्थानीय तहकाे निर्वाचन ३० वैशाखमा तय भए पनि चुनाव सार्ने षडयन्त्र भइरहेकाे भनेर प्रमुख प्रतिपक्षी नेकपा एमालेले निष्कर्ष निकालेकाे भाेलिपल्ट प्रमुख निर्वाचन आयुक्त थपलियाले 'निर्वाचन हुँदैन कि भनेर शंका नगर्नुहोस्' भनेका हुन्।

मंगलबार राजधानीमा पत्रकारसँगकाे अन्तर्क्रियामा प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, 'निर्वाचन हुँदैन कि भनेर आदरणीय व्यक्तिहरूलाई कद नघटाउन अनुरोध छ।'

एमाले  केन्द्रीय सचिवालयको सोमबारको केन्द्रीय सचिवालय बैठकले सत्तारूढ गठबन्धनभित्र सिट बाँडफाँटलाई लिएर भइरहेको किचलोका कारण सरकारले भित्रभित्रै निर्वाचन सार्ने षड्यन्त्र गरिरहेको निष्कर्ष निकालेकाे थियाे ।

त्यसकाे भाेलिपल्ट थपलियाले भनेका छन्, 'निर्वाचन हुने/नहुने कुनै पनि संशयलाई चिर्दै ३० वैशाखमा निर्वाचन गर्ने दृढ संकल्पमा आइपुगेका छौं।'

Skip This
Skip This
Logo