एमालेमाथि चौतर्फी चुनौती खडा गर्न खोजिए पनि विकास र सुशासनमा हामी स्पष्ट छाैंः ओली (भिडियाे)

एमालेमाथि चौतर्फी चुनौती खडा गर्न खोजिए पनि विकास र सुशासनमा हामी स्पष्ट छाैंः ओली (भिडियाे)

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेमाथि चौतर्फी चुनौती खडा गर्न खोजिए पनि विकास र सुशासनको नीतिका आधारमा देशलाई अघि बढाउन पार्टी प्रतिबद्ध भएको बताएका छन्।

सो पार्टीको केन्द्रीय सल्लाहकार परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले पार्टीमा वैचारिक स्पष्टता, साङ्गठनिक सुदृढता कायम गरेर अघि बढ्न आग्रह गरे। अध्यक्ष ओलीले सल्लाहकारको अनुभव र ज्ञानबाट पार्टीले लाभ लिनसक्ने बताए।

परिषद्का अध्यक्ष अमृतकुमार बोहराको अध्यक्षतामा सम्पन्न बैठकमा परिषदमा पछिल्लो समयमा थपिएकासहित सदस्यले सपथ लिए ।
     
यसैबीच नेकपाको ७३औँ स्थापना दिवसका अवसरमा वैशाख ९ गते एमालेले स्थानीय तहका लागि केन्द्रस्तरमा र पालिकास्तरमा एकैसाथ घोषणापत्र सार्वजनिक गर्दैछ। घोषणापत्र सार्वजनिक गरिने कार्यक्रममा ज्येष्ठ कम्युनिष्टको पनि सम्मान गरिँदैछ। एमालेले सोही दिनदेखि केन्द्रीय कार्यालयलाई थापाथलीबाट सारेर च्यासलस्थित तुल्सीलाल स्मृति भवनबाट सञ्चालन गर्दैछ ।

 

Logo