‘पहिरो मर्मत नगरी चुनावको गाडी कुदाउने रहरले झन् ठूलो दुर्घटना हुन सक्छ’ : डा.भट्टराई

‘पहिरो मर्मत नगरी चुनावको गाडी कुदाउने रहरले झन् ठूलो दुर्घटना हुन सक्छ’ : डा.भट्टराई

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पहिरो मर्मत नगरी चुनावको गाडी कुदाउने रहरले झन् ठूलो दुर्घटना हुने बताएका छन् ।

उनले संविधान मासेर गरिने चुनावले दुर्घटना निम्त्याउने पनि बताए । आज सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट लेख्दै डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमले संविधानरुपी लोकमार्गमा पहिरो ल्याएको बताएका हुन् । उनले यो पहिरो नपन्छ्याइ चुनावको गाडी कुदाउन खोजिएको भन्दै त्यसले दुर्घटना निम्त्याउने आशय व्यक्त गरेका हुन्।

उनले लेखेका छन् ,

ओली प्रतिगमनले संविधानरूपी लोकमार्गमा ठूलो पहिरो ल्याएको छ। पहिरो मर्मत नगरी चुनावको गाडी कुदाउने रहरले झन् ठूलो दुर्घटना ल्याउनेछ । २०१४ सालमा संविधानसभाको निर्वाचन सट्टा महेन्द्रले जारी गरेको संविधान मानेर चुनावमा जाँदा बिपीले खाएको धोका नबिर्सौं । २०१७ पछिका तुलसी गिरी, केशरजंग नबनौं ।

भट्टराईले ०१४ सालमा संविधान सभाको निर्वाचन सट्टा तत्कालीन राजा महेन्द्रले जारी गरेको संविधान मानेर चुनावमा जाँदा बीपी कोइरालाले धोका खाएको स्मरण गराउँदै २०१६ पछिका तुलसी गिरी र केशरजंग रायमाझी नबन्न समेत ओलीलाई सचेत गराएका छन्।

Logo