गृहमन्त्रीले बागी उम्मेदवारसँग डिल गरेको विषय आयोगको नोटिसमा

गृहमन्त्रीले बागी उम्मेदवारसँग डिल गरेको विषय आयोगको नोटिसमा

केन्द्रबिन्दु
0
Shares

गृहमन्त्री बालकृष्ण खाण बागी उम्मेदवारलाई फकाउन आज बिहानै चितवन पुगे। भरतपुर महानगरको मेयरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई फकाउन गृहमन्त्री खाण चितवन पुगेका हुन्।  

यसरी उम्मेदवारी दिएको व्यक्तिलाई बहालवाला मन्त्री नै फकाउन पुगेको विषयमा निर्वाचन आयोगले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त विषय आयोगको नोटिसमा रहेको बताए। 

‘गठबन्धन र त्यस सन्दर्भको कुरालाई लिएर र उहाँहरूको हिसाबमा उठ्न नपर्ने मान्छेहरू उठिदिनुभयो, अफ्ठ्यारो भयो भन्ने हिसाबले मन्त्रीज्यूहरु नै गएको भन्ने जुन कुरा छ। पक्कै पनि आयोगको ध्यानाकर्षण भएको छ’, सहायक प्रवक्ता अर्यालले भने, ‘पब्लिक पोस्ट र पब्लिक रिसोर्सिजमा पक्लिक रिस्पोन्सिबिलिटिज हुन्छ। त्यो हिसाबले हाम्रो आचारसंहिताले त्यो खालको अपेक्षा गर्दैन। यसबारे आयोगले थप निर्णय गर्नेछ।’

बहालवाला मन्त्री नै उम्मेदवारी फिर्ता लिन लगाएको विषय निर्वाचन आचारसंहिताविपरीत भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ।  

Skip This
Skip This
Logo