आइतबार ओलीले हेटौँडामा एमालेको आमसभालाई सम्बोधन गर्ने

आइतबार ओलीले हेटौँडामा एमालेको आमसभालाई सम्बोधन गर्ने

केन्द्रबिन्दु
0
Shares

आइतबार नेकपा एमालेले हेटौँडामा आमसभा गर्दैछ । आमसभामा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । 

स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर ओली हेटौँडा आउन लागेका हुन् । आमसभामा मकवानपुरका १० वटै स्थानीय तहका एमालेका उम्मेदवार, नेता, कार्यकर्ताहरू सहित ४० हजार भन्दा बढीको सहभागिता रहने दाबी गरिएको छ ।

हेटौँडा उपमहानगरपालिकाका विभिन्न चार वटा नाकाबाट पैदल र्‍याली गरी हुप्राचौरमा आमसभा गरिने एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिए ।गर्ने

भोलि आइतबार नेकपा एमालेले हेटौँडामा आमसभा गर्दैछ । आमसभामा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । 

स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर ओली हेटौँडा आउन लागेका हुन् । आमसभामा मकवानपुरका १० वटै स्थानीय तहका एमालेका उम्मेदवार, नेता, कार्यकर्ताहरू सहित ४० हजार भन्दा बढीको सहभागिता रहने दाबी गरिएको छ ।

हेटौँडा उपमहानगरपालिकाका विभिन्न चार वटा नाकाबाट पैदल र्‍याली गरी हुप्राचौरमा आमसभा गरिने एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिए ।

Logo