आज १०७ औं बीपी जयन्ती : विविध कार्यक्रम गरि मनाईंदै (भिडियोसहित)

आज १०७ औं बीपी जयन्ती : विविध कार्यक्रम गरि मनाईंदै (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको जन्म विसं १९७१ भदौ २४ मा भएको थियो । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री हुन् उनी । नेपाली राजनीतिज्ञ तथा साहित्यकार पनि थिए उनी । उनले आफ्नो जीवनको लामो समयसम्म नेपाली कांग्रेसको नेतृत्व, विसं २०१५ मा नेपालको प्रधानमन्त्री, र नेपालमा प्रजातन्त्र स्थापाना गर्नका लागि राजनीतिक नेतृत्व प्रदान गरे । नेपाली भाषा साहित्यमा उनले मनोबैज्ञानिक कथाहरूको नयाँ प्रयोग गरे ।

विश्वेश्वरप्रसादको राजनीतिक जीवनको शुरुवात त्यतिखेर भारतमा चलिरहेको भारतको स्वतन्त्रता आन्दोलनबाट भयो । आन्दोलनमा लागेकै कारण विश्वेश्वरप्रसाद र उनका दाइ मातृकाप्रसाद कोइरालालाई इ.सं. १९३० मा तीन महिनासम्म बेलायती सरकारले कैद ग¥यो । यसपछि नै उनको राजनीतिक जीवनको शुरुवात भयो । सन् १९३२ मा उनले आफ्नो उच्च माध्यमिक शिक्षा बनारसमा पूरा गरे ।

त्यसपछि बनारस हिन्दू विश्वबिद्यालयबाट राजनीति तथा अर्थशास्त्र विषयमा स्नातक तथा कलकत्ता विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर पूरा गरे । अध्ययन पूरा गरेपछि दार्जीलिङमा बसेर धेरै समयसम्म कानुन पेशामा काम गरे । विद्यार्थी हुँदा पनि उनी राजनीतिमा नजीक रहेका थिए । इ.सं. १९४२ देखि १९४४ सम्म दोस्रो विश्वयुद्धको समयमा उनलाई बेलायती सरकारले जबरजस्ती सैनिकमा भर्ना ग¥यो । त्यहाँबाट छुटेपछि उनले इ.सं. १९४७ मा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरे जुन पछि गएर नेपाली कांग्रेस बन्न पुग्यो ।

सन् १९४७ मा बिराटनगर मजदुर आन्दोलनको नेतृत्व गरेको अभियोगमा उनलाई नेपाल सरकारले एक वर्ष कैद ग¥यो । इ.सं. १९५१ मा उनले नेपालमा राणा शासनको अन्त्यको लागि सैनिक संघर्ष सुरू गरे । अक्टोबर १९५१ मा राणा शासनको अन्त्य भयो र नेपालमा बहुदलीय प्रजातन्त्रको स्थापना भयो । त्यसपछि मोहन शमशेर जबराको नेतृत्वमा नयाँ सरकार बन्यो र कोइराला त्यस सरकारको गृहमन्त्री बने । नेपाली साहित्यमा दर्जन भन्दा बढी कृति दिएका कोइरालाको मृत्यु २०३९ साउन ६ गते भयो ।

बीपी जयन्तीमा यस वर्ष विगत जस्ता कार्यक्रमहरु नहुने काँग्रेसले जनाएको छ । कोरोना संक्रमणका कारण औपचारिक कार्यक्रम नहुने भए पनि काँग्रेसका शीर्ष नेताहरुले भर्चुहल माध्यमबाट कार्यक्रम गर्ने जनाएका छन् । उनको योगदानको जति चर्चा हुने गरे पनि नेताहरुले अहिले पार्टीमा गरिरहेको किचलो देख्दा भने बीपीको आर्दश अहिलेको पुस्ताले भुल्न थालेको हो कि भन्ने आभास हुन थालेको छ ।

Skip This
Skip This
Logo