मारिउपोल सहरमा रुसको लगातार आक्रमण

मारिउपोल सहरमा रुसको लगातार आक्रमण


युक्रेनको मारिऊपोल सहरको आफ्नो कब्जामा रहेको अन्तिम क्षेत्र एजोभस्टाल स्टिल उद्योगमा रुसले निरन्तर आक्रमण गरेको छ ।

निरन्तरको आक्रमणसँगै रुसी फौज उद्योग क्षेत्रमा प्रवेश गरेको विवरण आएको तर यसबारेमा आधिकारिक पुष्टि गर्न नसकेको बीबीसीले उल्लेख गरेको छ । उद्योगभित्र रहेका युक्रेनी सुरक्षा कमान्डरले आफूहरुले कठिन लडाइँ लडिरहेको बताएका छन् । कमान्डर डेनिस प्रोकोपेन्कोले अवस्था निकै कठिन रहेको बताएका छन् ।

बालबालिकासहित झन्डै दुई सय नागरिक उद्योगभित्र आश्रय लिएर बसेको अनुमान छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उद्योगभित्र बाँकी रहेका मानिसको जीवनरक्षाका लागि सहायता गर्न संयुक्त राष्ट्र सङ्घलाई थप अपिल गरेका छन्। यसैहप्ताको सुरुमा त्यहाँ रहेको एक सय जनाभन्दा धेरैको उद्धार गरिएको थियो ।

Logo