काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको सांसद बनाउने निर्णय ‘होल्ड’ मा राखिदिएका छन् ।
भदौ १८ गते बसेको नेकपा सचिवालयको बैठकले गत फागुन १४ मा गरेको उपाध्यक्ष गौतमलाई सांसद बनाउने निर्णय कार्यान्वयन गर्नु भनि सिफारिस गरेको थियो । तैपनि सचिवालयको बैठकले पुरानो निर्णय कार्यान्वयन गर्ने भने पनि प्रधानमन्त्री ओलीले अहिलेसम्म गौतमलाई मनोनयन गर्ने निर्णय मन्त्रिपरिषदबाट गराएका छैनन् ।
उपाध्यक्ष गौतमले १८ गतेको बैठकपछि अब आफू राष्ट्रिय सभाको सांसद हुँदै सरकारमा जाने घोषणा गरेका थिए । त्यसका लागि तत्कालै मन्त्रिपरिषदबाट निर्णय भइहाल्ने समेत बताएका थिए । तर बिडम्बना १९ गते बसेको मन्त्रिपरिषद्को बैठकमा ओलीले त्यस सम्बन्धी कुनै प्रस्ताव नै लगेनन् ।
उनले तत्काल मन्त्रिपरिषदमा कोही पनि सदस्य हेरफेर नहुने भन्दै मन्त्रीहरुलाई ढुक्क सँग काम गर्न निर्देशन दिए । सचिवालयले तत्काल गर्ने भनेर गरेको गौतमलाई सिफारिस गर्ने निर्णय किन ओलीले ‘होल्ड’ मा राखिदिए ? यसका पछाडि केही कारणहरु देखिन्छन् । जुन यस्ता रहेका छन् । भिडियोमा :





























प्रतिक्रिया