सभापति देउवाका भाइ प्रेमबहादुर देउवाको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

सभापति देउवाका भाइ प्रेमबहादुर देउवाको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाका सहोदर भाइ प्रेमबहादुर देउवाको निधनप्रति दुःख व्यक्त गरेको छ। 

सामाजिक व्यक्तित्व देउवाको ६७ वर्षको उमेरमा गएराति काठमाडौंमा उपचारका क्रममा निधन भएको हो ।

पार्टीका तर्फबाट केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरि उनको निधनप्रति दुःख व्यक्त गरेका हुन् । 

कांग्रेसले उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। स्व प्रेमबहादुरका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

Logo