सरकारले राष्ट्रिय प्रशारण नपुगेका क्षेत्रहरूमा साना तथा लघु जलविद्युत आयोजना मार्फत २५ हजार घरधुरीलाई विद्युत सेवा उपलब्ध गराउने भएको छ । राष्ट्रिपति विद्यादेवी भण्डारीले मंगलबार संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै त्यस्तो जानकारी दिएकी हुन् ।
सरकारी तथा निजी क्षेत्रबाट प्रवर्द्धित जलविद्युत आयोजना सम्पन्न गरी आगामी वर्ष थप ७१५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने समेत राष्ट्रपति भण्डारीले समेत जानकारी दिइन् ।
काठमाडौं उपत्यकाको एकीकृत गुरु योजना तयार गर्ने भएको छ । काठमाडौं उपत्यकाभित्र पहिचान गरिएका स्थानलाई नयाँ सहरको रूपमा विस्तार गरिने भन्दै उनले काठमाडौं उपत्यकाका सडकहरू पैदलयात्री मैत्री बनाउन फुटपाथ विस्तार गरिने बताइन् । एक घर एक धारको व्यवस्था गरिने भन्दै राष्ट्रपति भण्डारीले काठमाडौं उपत्यकाको चक्रपथ बाहिर खानेपानीको पाइप विछ्यानउ सुरु गरिने जानकारी दिइन् ।





























प्रतिक्रिया