स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने माओवादीको तयारी गरेको छ । नेकपा माओवादी केन्द्रले स्थानीय तहमा निर्वाचित आफ्ना नेता कार्यकर्तालाई प्रशिक्षण दिने भएको छ ।
बुधबार बसेको माअोवादी केन्द्रको पूर्व स्थायी समिति सदस्यहरुको अनौपचारिक बैठकले देशभर पार्टीका तर्फबाट स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने निर्णय गरेको हो ।
छलफलमा सहभागी पूर्व स्थायी समिति सदस्य डिलाराम आचार्यका अनुसार माओवादी केन्द्रका तर्फबाट निर्वाचित पालिका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्षलाई जेष्ठ १७ र १८ गते काठमाडौंमा प्रशिक्षण दिइने छ ।





























प्रतिक्रिया