नीति तथा कार्यक्रमविरुद्ध सशक्त हुन ओलीले एमाले सांसदलाई दिए निर्देशन

नीति तथा कार्यक्रमविरुद्ध सशक्त हुन ओलीले एमाले सांसदलाई दिए निर्देशन

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको सांसदहरूलाई सरकारको नीति तथा कार्यक्रमविरुद्ध सशक्त रूपमा पेस हुन निर्देशन दिएका छन् । 

आज बसेको एमाले संसदीय दलको बैठकमा ओलीले उक्त निर्देशन दिएका हुन् । 

‘बैठकमा अध्यक्षज्यूले सरकारको प्रस्तुत नीति तथा कार्यक्रम बुँदा बुँदाको चर्चा र विश्लेषण गर्नुभयो,’ एमाले नेता भीम रावलले भने, ‘उहाँले संसदमा सशक्त रूपमा पेस हुन आग्रह गर्नु भएको छ ।’ 

बैठकमा ओलीले सरकारले नीति तथा कार्यक्रममा नेपालको स्वतन्त्र  परराष्ट्र नीति विपरीत कार्यक्रम राखेको उल्लेख गरेका थिए । 

संविधानको विपरीत, राष्ट्रहित विपरीतका कुरालाई सशक्त रूपमा उठाउन उनले सबैलाई आग्रह गरेका थिए । 

बैठकमा निर्वाचनको विषयमा गम्भीर छलफल नभएको नेता रावलले बताए । 

Logo