बालेन्द्र साह परिवर्तनको संकेत हो : राजेन्द्र महतो

बालेन्द्र साह परिवर्तनको संकेत हो : राजेन्द्र महतो


लोकतान्त्रिक समाजवादी पार्टी लोसपा का सांसद राजेन्द्र महतोले काठमाडौं महानरगमा विजयी  स्वतन्त्र उम्मेदवार बालेन्द्र साह परिवर्तनको संकेत भएको बताएका छन्। 

शुक्रवार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमाथिको छलफलमा बोल्दै सांसद महतोले काठमाडौंमा स्वतन्त्र उम्मेदवार विजयी हुनु परिवर्तनको संकेत भएको बताएका हुन्। 

उनले जनताले परिवर्तन खाजेको भएपनि राजनीतिक दलहरुले पूरा गर्न नसक्दा यो अवस्था सिर्जना भएको बताए। महतोले नेपालमा शोषण र उत्पीडनको पापको घडा भरिसकेको भन्दै अब परिवर्तनको विकल्प नरहेको जिकिर गरेका छन्। 

‘सभामुख महोदय काठमाडौंमा बालेन साह के होरु परिवर्तनको संकेत हो। जनताले खोजेको परिवर्तन, त्यो संकेत होु, उनले भने, आज म काठमाडौंवासीलाई यही मञ्चबाट बधाई दिन्छु, परिवर्तनको संकेत बालेन साहलाई बधाई दिन चाहन्छु। परिवर्तनको संकेत हो त्यो अरु केही होइन। नेपालमा पापको घडा भरिसक्यो, भरिएपछि फुट्छ। शोषण, उत्पीडनको घडा भरिसक्यो, अब परिवर्तन हुन्छ, राष्ट्रिय मुक्ति, क्रान्ति हुन्छ।’

सांसद महतोले नेपाल विकास र समृद्धिमा पछि परिरहेको उल्लेख गर्दै यसबारे छलफल र समीक्षा हुन आवश्यक रहेको बताए।
 

Logo