सुदूरपश्चिम प्रदेशसभाको बैठक जेठ १६ गते आह्वान गर्न सिफारिस

सुदूरपश्चिम प्रदेशसभाको बैठक जेठ १६ गते आह्वान गर्न सिफारिस

केन्द्रबिन्दु
0
Shares

सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन जेठ १६ गतेका लागि आह्वान गर्न मन्त्रिपरिषदको बैठकले सिफारिस गरिएको छ।

शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले १६ गते बैठक आह्वान गर्न प्रदेश प्रमुखसमक्ष आह्वानको सिफारिस गरेको हो। 

सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामला तथा कानूनमन्त्री डा. रणबहादुर रावलले प्रदेशसभाको दशौं अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको बताए । मन्त्री रावलका अनुसार जेठ १६ गते दिउँसो ३ बजेका लागि अधिवेशनको बैठक बस्ने गरि मन्त्री परिषदले सिफारिस गरेको छ। 

Skip This
Skip This
Logo