जब सांसद गजेन्द्रबहादुर महत ताला चाबी बाेकेर संसद बैठकमा पुगे…

जब सांसद गजेन्द्रबहादुर महत ताला चाबी बाेकेर संसद बैठकमा पुगे…

केन्द्रबिन्दु
0
Shares

संसद् बैठकमा सामान्यतः सांसदले जनताका पीर मर्का र विकासका एजेन्डा लिएर सहभागी हुन्छन्। शनिबार भने एक सांसद ताला र चाबी लिएर पुगे । 

उनी हुन्– नेकपा (माओवादी केन्द्र)का सांसद गजेन्द्रबहादुर महत । जुम्ला–१ का सांसद महतले सभामुखलाई उक्त ताला र चाबी बुझाएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेप्रति साङ्केतिक विरोध गर्दै उनले उक्त ताला र चाबी सभामुखलाई बुझाएका हुन्। 

त्यसक्रममा उनले भने, ‘हिजो प्रतिपक्षको हर्कत हेर्दा बोल्न पाइने होइन कि लागिरा’छ । त्रासमै थिएँ म । अहिले पनि ठूलो स्वर गर्ने हो भने अवरोध आउँछ कि भनेर म चिन्तामै छु । त्यसो भएको हुनाले उहाँहरूले धित मरुञ्‍जेल गाली गर्नुहुन्छ । फेरि, धित मरेपछि अवरोध गर्न खोज्‍नुहुन्छ । ताला लगाउन खोज्‍नुहुन्छ । त्यसकारण मैले ताला र चाबी ल्याएको छु, सभामुख महोदय । तपाईंहरू धित मरुञ्‍जेल बोल्नुहोला । त्यसपछि हामी बोल्नेबेलामा ताला चाबी लगाइदिनुहोला ।’

त्यसअघि उनले जुम्लाको तातोपानी–३ मा कांग्रेस कार्यकर्ताले निर्वाचन जितेपछि माओवादी कार्यकर्ता धर्मराज रावललाई ढुङ्‍गाले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भइ हाल ट्रमा सेन्टरको आइसीयुमा रहेको र मुद्दा पनि पीडकविरुद्ध दर्ता नभएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन्।  

Logo