नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रश्नको जवाफ दिन सकिने तर आवेग, कुण्ठामा सहानुभूति मात्रै दिन सकिने बताएका छन्। नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसदमा गरेको सम्बोधनका बारेमा टिप्पणी गर्दै उनले भने, “यतिबेला हामीले सुनिदिनुपर्छ। कुन स्थानमा कसरी जवाफ दिने हामी पछि गरौँला।”
प्रमुख प्रतिपक्षी दलका नेताले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्ने क्रममा गलत विषयलाई उठाएको भन्दै सांसद थापाले प्रश्नको उत्तर हुने भए पनि आवेग कुण्ठाको कुनै उत्तर नहुने बताए।
कांग्रेसका महामन्त्री थापाले भने, “प्रश्नको उत्तर हुन्छ, विचारमा टिप्पणी हुन्छ। रन्थिनिएका बेलामा उठेर सुतेर, बसेर जसरी बोले पनि हुन्छ। हामीले सुनिदिनुपर्छ।”
प्रमुख प्रतिपक्षी दलका नेताले रन्थनिएका बेला आफ्ना धारणा राखेको टिप्पणी थापाले गरे। उनले भने, “कहाँ बोल्ने, कहिले बोल्ने भन्ने कुरा बोल्नेले हेक्का राख्नुपर्छ।” उनले निर्वाचन हुँदैन भनिएको थियो, सानदाररुपमा सम्पन्न भएको उल्लेख गर्दै बाजुराको बूढीगङ्गामा स्थगित भएको निर्वाचनको पनि निर्वाचन आयोगले प्रक्रिया अगाडि बढाउने तयारी गरेको जानकारी दिए।





























प्रतिक्रिया