जनमतको कदर गर्नुको विकल्प छैन : प्रधानमन्त्री

जनमतको कदर गर्नुको विकल्प छैन : प्रधानमन्त्री


प्रधानमन्त्री शेरबहादुर देउवाले छिटफुट घटनालाई लिएर स्थानीय तहको निर्वाचनमा धाँधली भएको भन्न नमिल्ने बताएका छन्।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिँदै शनिबार प्रधानमन्त्री देउवाले सीमित स्रोत, साधनको बीचमा पनि स्थानीय तह निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको दावीसमेत गरे । 

उनले सार्वभौम जनता निर्णायक शक्ति हुने भएकाले निर्वाचनबाट प्राप्त जनमतलाई कदर गरेर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पारे । 

प्रधानमन्त्री देउवाले भने, ‘निर्वाचनको निष्पक्षताको बारेमा केही माननीय सदस्यहरुले चासो राख्नु भएको छ । यस सम्बन्धमा सरकारको धारणा स्पष्ट गर्न चाहन्छु । देशमा एकैपटक निर्वाचन गर्नु चुनौतीको विषय हो । सीमित स्रोत, साधनको बीच पनि निर्वाचन समग्रमा शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न भएको छ। छिटफुट घटनालाई लिएर निर्वाचनको समग्र प्रक्रिया र परिणामलाई टिप्पणी गर्नु उपयुक्त हुँदैन। सार्वभौम जनता यसको निर्णायक शक्ति भएकाले जनमतको कदर गर्नुको विकल्प छैन।’

Logo