संसदमा आजदेखी बजेटमाथिको सैद्धान्तिक छलफल हुने, एमालेले ‘भण्डाफोर’ गर्ने

संसदमा आजदेखी बजेटमाथिको सैद्धान्तिक छलफल हुने, एमालेले ‘भण्डाफोर’ गर्ने

केन्द्रबिन्दु
0
Shares

संघीय संसदका दुवै सदनमा आजदेखि आगामी आर्थिक वर्षको बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुने भएको छ। 

अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमाथि आजदेखि सैद्धान्तिक छलफल हुन लागेको हो । बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने गरी बोलाइएको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९/0८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। 

त्यसपछि राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने छ । यस्तै बजेटमाथिको छलफलका लागि राष्ट्रियसभा बैठक पनि बिहान ११ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ । यसैबीच प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेट हावादारी भएको भन्दै संसदमै भण्डाफोर गर्ने भएको छ ।

एमाले अध्यक्ष एवम् पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले अनुचित ढंगले आगामी आर्थिक वर्षको बजेट ल्याएको उल्लेख गर्दै त्यसलाई जनताको बीचमा भण्डाफोर गरेर लैजान पार्टीका सांसदहरुलाई सोमबार निर्देशन दिएका थिए । 
 

Logo