राप्रपाको कार्यसम्पादन समिति बैठक : पूर्वअध्यक्षहरू जबरा र लोहनी पनि सहभागी

राप्रपाको कार्यसम्पादन समिति बैठक : पूर्वअध्यक्षहरू जबरा र लोहनी पनि सहभागी

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समिति बैठक धुलिखेलमा सुरु भएको छ । 

स्थानीय निर्वाचनको समीक्षा र आगामी प्रदेशसँगै सङ्घीय निर्वाचनको रणनीतिक तयारीबारे छलफल गर्न कार्यसम्पादन समिति बैठक बसेको हो । 

बैठकको अध्यक्षता पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले गरेका छन् । बैठकमा पार्टीका पूर्वअध्यक्षहरू पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीलगायत शीर्षस्थ नेताहरू सहभागी छन् । 

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द भने बैठकस्थलमा पुगेका छैनन् ।  पार्टी प्रवक्ता सगुनसुन्दर लावतीले चन्द बैठकमा सहभागी हुने बताए । 

स्थानीय तह निर्वाचनपछि बसेको राप्रपा कार्यसम्पादन समितिको यो पहिलो बैठक हो । 
 

Avatar

 

Logo