राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालगन्जमा राजा वीरेन्द्र शाहको सालिक राख्न खोज्दा सरकारले अवरोध गर्नु गलत भएको बताएका छन् । उनले सालिक इतिहासको सम्झना मात्रै भएको उल्लेख गर्दै लोकतन्त्र असहिष्णु बन्न नहुनेमा पनि जोड दिएका छन् ।
‘आन्दोलनको रापतापमा राजा लगायत विपी, भानुभक्त समेतको सालिक तोडफोड गरियो। त्यो गलत थियो। नेपालगञ्जमा जहाँ पहिले राजा वीरेन्द्रको सालिक थियो । त्यहाँ अहिले सालिक राख्न खोज्दा सरकारले अवरोध गर्नु ठीक भएन’, उनले ट्वीटरमा भनेका छन्, ‘सालिक राखेर राजा फर्कने होईन। इतिहासको सम्झना हो। लोकतन्त्र यति असहिष्णु हुनुहुन्न ।’
प्रतिक्रिया