पल शाहको मुद्दामाथि उच्च अदालतमा बहस सुरु

पल शाहको मुद्दामाथि उच्च अदालतमा बहस सुरु

केन्द्रबिन्दु
0
Shares

बलात्कार आरोपमा मुद्दा खेपिरहेका अभिनेता पल शाहको साधारण तारेख मागसम्बन्धी निवेदनमा  उच्च अदालतमा वहस सुरु भएको छ ।

न्यायधीश  द्वय उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा दुवै तर्फका वकिलहरुले बहस गरिरहेका छन् । पल शालको ५ जना र प्रतिवादीको तर्फबाट २ जना वकिलले बहस गर्दैछन् ।

उच्च अदालत पोखरामा शाहको तर्फबाट वकिलहरुले निवेदन दिएका थिए । ११ फागुनमा शाहले अदालतमा आत्मसमर्पण गरेका थिए ।

१० चैतमा  उनलाई पुर्पक्षका लागि जिल्ला अदालतले जेल चलान गरेको थियो । १५ चैतमा  उच्च अदालतमा बाहिर बसेर मुद्दा लड्न पाउने माग गरी  निवेदन दिएका थिए । त्यसपछि लगातार ४ पटक पेसी  सरिसकेको छ ।

Skip This
Skip This
Logo