मुग्लिङ-पोखरा सडक दैनिक पाँच घण्टा बन्द हुने

मुग्लिङ-पोखरा सडक दैनिक पाँच घण्टा बन्द हुने


मुग्लिङ-पोखरा सडकखण्ड दैनिक पाँच घण्टा बाटो बन्द हुने भएको छ । मुग्लिङ–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको याम्पा फाँट र घाँसीकुवा खण्ड यही जेठ २२ गतेदेखि राति ११ बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने भएको हो । 

सो क्षेत्रमा सडक खन्नुपर्ने भएकाले अर्को सूचना जारी नभएसम्मका लागि राति ११ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरिने मुग्लिङ-पोखरा सडक आयोजना पूर्वीखण्ड तनहुँले जनाएको छ ।

राति ११ बजे अगाडि र बिहान ४ बजे पछाडिको समयमा मात्र सो सडकखण्डमा गाडी चलाउन आयोजनाले आग्रह गरेको छ ।हाल मुग्लिन–पोखरा सडकखण्डका बिभिन्न स्थानमा सडक फराकिलो बनाउने र मर्मत गर्ने काम जारी छ ।

Logo