बाँस्तोला र ओली बुर्जुवा र अराजकतावादी हुन् : नेत्रविक्रम चन्द

बाँस्तोला र ओली बुर्जुवा र अराजकतावादी हुन् : नेत्रविक्रम चन्द

केन्द्रबिन्दु
0
Shares

नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेकपा बहुमतका संयोजक धर्मेन्द्र बाँस्तोला र हेमन्तप्रकाश ओलीमा रुढीवादी, बुर्जुवा र अराजकतावादी भएको दाबी गरेका छन् । 

उनले बास्तोला र ओलीमा बुर्जुवा अराजकतावादी प्रवृत्ति देखा परेको बताए । विप्लव समूहको उदयपुरमा बसेको केन्द्रीय समितिका निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा प्रेस विज्ञप्तिमार्फत विप्लवले बास्तोला र ओलीलाई पार्टी फुट परस्तको आरोप लगाएका हुन्। 

‘स्थानीय तहको चुनावलाई बुझ्ने क्रममा सुदर्शन र कञ्चनमा रुढीवादी, बुर्जुवा अराजकतावादी र फुटवादी विचलन देखापर्यो ।’ प्रेस वक्तव्यमा विप्लवले भनेका छन्, ‘देशको श्रमिक जनताको नेतृत्व गर्ने सर्वोच्च निकाय राष्ट्रको जिम्मेवारी सम्हाल्ने संवेदनशील परिस्थितिमा अति अनुउत्तरदायी विचलन देखा पर्नु निकै दुःखदायी कुरा हो । यो विचलन व्यक्ति विशेष मात्रै नभएर अवस्तुवादी र अवैज्ञानिक विचारको अभिव्यक्ति हो । यो विचार वस्तु र चेतना बीचमा पैदा भएको अवस्तुवादी र अवैज्ञानिक विचारको पतन हो ।’ बास्तोला र ओलीमा लामो समयदेखि आर्थिक, संगठनात्मक राजनीतिक विकृतिहरु मौलाउन थालेको विज्ञप्तिमा उल्लेख छ ।

 

Skip This
Skip This
Logo