विश्वको ठूलो समस्या भनेकै खाद्यको हो, किसानहरू हेपिएर देश बन्दैन : अर्थमन्त्री शर्मा

विश्वको ठूलो समस्या भनेकै खाद्यको हो, किसानहरू हेपिएर देश बन्दैन : अर्थमन्त्री शर्मा

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री जनार्दन शर्माले किसानहरू हेपिएर देश बन्न नसक्ने बताएका छन् । आज आइतवार नेपाल कृषि मेशिनरी व्यवसायी सङ्घको छैटौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले कृषि क्षेत्रलाई माया र सम्मान गर्नुपर्ने बताए ।  उनले किसानहरू हेपिएर देश बन्न नसक्ने भन्दै उनीहरूले दुखेसो गर्ने अवस्था आएमा देशलाई खाद्यवस्तुमा आत्मनिर्भर बनाउन नसकिने  बताए ।  

मन्त्री शर्माले किसानलाई सम्मान र आदर गर्ने संस्कार बसाल्नुपर्नेमा जोड दिए । उनले भने, ‘कृषि क्षेत्रलाई माया पनि गर्नुपर्‍यो । सम्मान पनि गर्नुपर्‍यो । किसानहरू हेपिएर देश बन्दैन । आजको विश्वको ठूलो समस्या भनेकै खाद्यको समस्या हो । हामीसँग हामीलाई पुग्न सक्ने, धान उत्पादन गर्न सक्ने खेतहरू छन् । तरकारी उत्पादन गर्ने बारीहरू छन् । हामीसँग कमी छैन । जनशक्तिको समस्या हामीलाई होइन । एउटा राष्ट्रिय सङ्कल्पको अभाव हो, नीतिको अभाव हो, त्यो खालको कार्यक्रमको अभाव हो । किसानहरूलाई प्रोत्साहित गर्ने, सम्मान गर्ने, आदर गर्ने संस्कारको अभाव हो । अब कृषि क्षेत्रलाई प्रवर्द्धन गर्नुपर्छ । उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्छ ।’

अर्थमन्त्री शर्माले नेपालमा आवश्यक कृषि मेशिनरी यहीँ उत्पादन गर्नुपर्ने बताए । कृषि मेशिनरी उद्योग खोल्न आग्रह गर्दै उनले  आवश्यक कच्चा पदार्थहरूमा पर्याप्त भन्सार छुट दिइने पनि बताए ।  

Logo