संसदमा गृहमन्त्री खाणको राजीनामा मागियो

संसदमा गृहमन्त्री खाणको राजीनामा मागियो

केन्द्रबिन्दु
0
Shares

देशमा शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गृहमन्त्री बालकृष्ण खाणको राजीनामा मागिएको छ।

प्रतिनिधि सभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद आशाकुमारी विकले देशभर बलात्कारका घटना र थुनामा रहेका कैदीको रहस्यमय मृत्यु भएका घटनाले शान्ति सुरक्षा कायम हुन नसकेको स्पष्ट भएको बताइन्। 

‘बलात्कार र हिंसाका घटना टुलुटुलु हेरेर बस्ने गृहमन्त्रीले अब राजीनामा दिनुपर्छ,’ उनले भनिन्, ‘बालिका र किशोरी बलात्कृत भइरहेका छन् । रोल्पा कारागारमा सुन्दर हरिजनको मृत्यु भयो। यस्ता अशान्ति टुलुटुलु हेरेर बस्ने गृहमन्त्रीले अब नैतिकताकाे आधारमा राजीनामा दिनुपर्छ।’

Logo