प्रधानसेनापति शर्मा र जापानी राजदूतबीच भेटघाट

प्रधानसेनापति शर्मा र जापानी राजदूतबीच भेटघाट

केन्द्रबिन्दु
0
Shares

नेपालका लागि जापानका राजदूत किकुता युताकाले प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका छन्। 

राजदूत युताकाले आज सैनिक मुख्यालय जंगी अड्डा पुगी प्रधानसेनापतिसँग भेटवार्ता गरेका हुन्। 

भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ। 

‘यस किसिमको भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको  छ,’ नेपाली सेनाले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

Logo