जिल्ला समन्वय समिति दैलेखको निर्वाचनमा प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका नमराज शाही विजयी भएका छन्।
नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका शाहीले गठबन्धनबाट टिकट नपाएपछि बागी उम्मेदवारी दिएका थिए। शाहीले एमालेको सहयोगमा प्रमुखमा जितेका हुन्।
नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धन बनाएर चुनावी मैदानमा रहे पनि बागी उम्मेदवारी दिएका शाही विजय भएका हुन्। एमालेसँग १० मत मात्रै भए पनि शाही १३ मत ल्याएर विजयी भएका छन्। गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी दुर्गा श्रेष्ठले ९ मत पाएकी थिइन् । उपप्रमुखमा एमालेका केशवबहादुर शाही विजयी भए। उनले ११ मत ल्याउँदा उपप्रमुखमा नेकपा एकीकृत समाजवादीकी शान्ती शाहीले १० मत पाएकी छिन्।
अन्य सात जना सदस्यमा मिश्रिम नतिजा आएको छ। सदस्यमा कविताकुमारी गिरी (नेकपा एकीकृत समावादी), कोकीलाकुमारी खड्का (नेकपा एकीकृत समाजवादी), पुर्णा विक (नेकपा एकीकृत समाजवादी), तुल्छा बिक (नेकपा माओवादी केन्द्र), अङ्गबहादुर शाही (नेपाली कांग्रेस), फत्तबहादुर डाँगी (नेकपा माओवादी केन्द्र) र दिलबहादुर शाही (स्वतन्त्र) विजयी भएका छन्।
दैलेखका ११ स्थानीय तहमा नेकपा एमालेले पालिका प्रमुख उपप्रमुखसहित १० पद जितेको थियो। नेपाली कांग्रेसले नाै, माओवादी केन्द्रले दुई र समाजवादीले एक पद जितेको थियो।
प्रतिक्रिया