प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ।
स्थानीय निर्वाचनको समिक्षा र आगामी निर्वाचनको तयारीका बारेमा छलफल गर्न जेठ ३० गते सचिवालय बैठक बोलाइएको पार्टी केन्द्रीय कार्यालय सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिए।
सचिवालय बैठकमा स्थानीय निर्वाचनपछि विभिन्न व्यक्ति र कमिटीबाट आएका रिर्पोटहरुलाई आधार मानेर सचिवालयको बैठकमा छलफल हुने छ। केन्द्रीय कार्यलय च्यासलमा हुने बैठकमा स्थानीय तहको निर्वाचनमा भएका हारजितको विस्तृत समिक्षा हुनेछ ।
स्थानीय निर्वाचनमा अन्तरघात भएको भन्दै अबको बैठकमा अन्तरघात गर्नेको पहिचान र कारबाहीमा केन्द्रीत हुने एक नेताले बताए । सचिवालय बैठकको भोलिपल्ट पार्टी अनुशासन आयोगको बैठक बोलाइएको छ। अनुशासन आयोगको बैठकले माथिल्लो तहका केही नेतालाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ। सचिवालय बैठक अघि जेठ २९ गते पार्टी केन्द्रीय कार्यलयको बैठक बस्नेछ। सो बैठकले सचिवालयमा पेश गरिने एजेण्डा तय गर्नेछ।





























प्रतिक्रिया